१३ भदौ २०८३, शनिबार | August 29, 2026

शिक्षक महासङ्घद्वारा आज ५ दलका कार्यालयमा धर्ना



काठमाडौं । नेपाल शिक्षक महासङ्घले आज विभिन्न पाँच राजनीतिक दलका कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गर्ने भएको छ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत सबै शिक्षकलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्। सो धर्ना कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम दिउँसो १ बजेसम्म चल्ने उनले जानकारी दिएका छन् । आफ्ना मागमा दलहरूको ध्यान आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको सुवेदीले जनाएका छन् ।

महासङ्घका अनुसार, अध्यक्ष सुवेदीले बबरमहलस्थित कतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालयमा हुने धर्नाको संयोजन गर्नेछन्। त्यस्तै सहअध्यक्ष नानुमाया पराजुलीले जनमत पार्टी कार्यालयमा हुने कार्यक्रमको संयोजन गर्नेछिन्।

यसैगरी, उपाध्यक्ष पुष्प कुँवरलेजनता समाजवादी पार्टी कार्यालयमा, महासचिव तुलाबहादुर थापाले नागरिक उन्मुक्ति पार्टी कार्यालयमा र सचिव कल्पना पनेरुले राष्ट्रिय जनमोर्चा कार्यालयमा धर्नाको संयोजन गर्ने जिम्मेवारी पाएका छन्।

 

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ९ : ११ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी