१० पुस २०८२, बिहिबार | December 26, 2025

नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि



काठमार्डां । नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ ।

परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश छन् । इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौं उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १० : ४२ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र