२० मंसिर २०८२, शनिबार | December 6, 2025

माओवादीले जनजागरण अभियानमा ठूला सभा नगर्ने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी जनजागरण अभियानअन्तर्गत यसअघि जस्तो ठूलो आमसभा र भेला नगर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले वर्खायाम बाँकी नै रहेकाले ठूला सभा नगरी पार्टी र जनस्तरमा आन्तरिक छलफल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले सरकारलाई जनउत्तरदायी बनाउन खबरदारीसँगै सडक सङ्घर्ष पनि गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीभित्रका गुटगत गतिविधि नियन्त्रण गर्ने बारेमा छलफल भएको उनले जानकारी दिए । “पार्टीभित्रका गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको छ”, प्रवक्ता सापकोटाले भने, “यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको र निर्णय अर्को बैठकमा लिइनेछ ।”

बैठकमा एकता प्रक्रियामा आएका नेता कार्यकर्ताको जिम्मेवारी र कार्यविभाजन तथा वाम एकताबारे समेत छलफल भएको थियो ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १० : ३० बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय