१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बर्दियामा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई स्थानीय सरकारबाट जीवननिर्वाह भत्ता



बर्दिया । जनयुद्धकालमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका दोस्रो नगरपालिका बनेको छ । यसअघि राजापुर नगरपालिकालेले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता वितरण गर्दै आएकोमा यसपर्षबाट ठाकुरबाबा नगरपालिकाले पनि भत्ता वितरण गर्न सुरु गरेको हो ।

नगरपालिकाले बेपत्ता पुरुषका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो । १० बर्षे द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने गरिएको छ ।

द्वन्द्वमा सहिद वा मृत्यु पुष्टी भएका व्यक्तिका श्रीमतीले सरकारबाट एकल महिला भत्ता पाउने गरेपनि बेपत्ता पारिएका व्यक्तिका श्रीमतीले एकल महिला भत्ता पाउने व्यवस्ता नभएपछि नगरपालिकाले नै कार्यविधि बनाई जीवननिर्वाह भत्ता दिन थालेको हो ।

ठाकुरबाबा नगरपालिकामा हाल आठ जना महिलालाई भत्ता दिन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले जानकारी दिइन् । तीन वर्षदेखि राजापुर नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई मासिक दुई हजार जीवननिर्वाह भत्ता दिँदै आएको छ । बर्दियाका आठ वटा पालिकामध्ये दुई वटा पालिकाले बेपत्ताका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिन थालेका छन्।

संघीय सरकारले बेपत्ताका श्रीमतीलाई जीवननिर्वाहका लागि भत्ताको व्यवस्था नगरेको हुनाले नगरपालिकाबाट कार्यैबिधि बनाएर भत्ता दिने व्यवस्था गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताए । उनले द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई जीविकोपार्जनका लागि सरकारले नयाँ कार्यक्रम र स्पष्ट नीति बनाउन माग गरे । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार बर्दियामा २६१ जना व्यक्ति बेपत्ता पारिएको भन्दै परिवारले उजुरी दिएका छन् ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  २ : ०१ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

वीरगञ्ज । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन्

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद