१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकारको प्रदर्शन



काठमाडौं । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन्।

उनीहरूले सामाजिक सञ्जाललाई नियन्त्रण होइन, ऐन–कानूनमार्फत व्यवस्थित गर्नुपर्ने माग राख्दै सरकारको निर्णयको विरोध जनाए।

आज माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी पत्रकारहरूले “सरकारले मुख थुन्दैछ, तानाशाही जालो बुन्दैछ”, “सञ्जाल बन्द भनेको आवाज बन्द गर्नु हो”, “सरकारले हान्यो पेटमा लात, खोस्यो हाम्रो दालभात” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूको भनाइमा सरकारले अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमाथि प्रहार गरेको छ, त्यसैले निर्णय तत्काल फिर्ता लिनुपर्छ।

भदौ १९ गते सरकारले फेसबुक, युट्युब, ह्वाट्सएपसहित २६ वटा सामाजिक सञ्जाल सूचीकरण गर्ने भन्दै नेपालमा निष्क्रिय गर्ने निर्णय गरेको थियो। यस कदमविरुद्ध पत्रकारहरूले मात्र होइन, आम नागरिक पनि एकजुट हुनुपर्ने उनीहरूको भनाइ छ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, रिपोटर्स क्लब अध्यक्ष ऋषि धमला र अजयबाबु सिवाकोटी लगायतले सामाजिक सञ्जाल बन्दले लोकतन्त्र, पत्रकारहरूको रोजगारी र डिजिटल अर्थतन्त्रमा गम्भीर असर पारेको बताए।

भदौ १९ गते सरकारले फेसबुक, युट्युब, ह्वाट्सएपसहित २६ वटा सामाजिक सञ्जाल सूचीकरण गर्ने भन्दै नेपालमा निष्क्रिय गरेको थियो। पत्रकारहरूले यसलाई संविधानविपरीतको कदम भन्दै आन्दोलनलाई तीव्र बनाउन चेतावनी दिएका छन्।

 

 

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ४ : ४९ बजे

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका