१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

चिनाईदै जैमिनी ऋषिको तपोभूमि



गलकोट । बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धाममा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । नगरपालिकाले प्रदेश सरकारको सहयोग तथा पालिकाको लगानीमा जैमिनीधामको महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ ।

नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रर्वद्धनमार्फत पर्यटक भित्र्याउने योजनामार्फत हालै जैमिनी ऋषिको मूर्ति निर्माण गरिएको छ ।

जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापनमा दाता विक्रम पाण्डेका लगानीमा झण्डै रु २० लाख खर्चेर जैमिनी ऋषिको मूर्ति निर्माण गरिएको छ । कालीगण्डकी करिडोर कालोपत्रको जिम्मा पाएको निर्माण कम्पनीले सामाजिक उत्तरदायित्व अनुसार करिडोरको छेउमै रहेको जैमिनी धाममा जैमिनी ऋषिको मूर्ति निर्माण गरेको हो ।

जैमिनी-१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा जग्गा व्यवस्थापन, १०८ धारा निर्माण, ध्यान पार्क निर्माणका लागि जग्गा व्यवस्थापन लगायतको काम भइरहेको र अहिले नगरपालिका र निर्माण कम्पनीका सहकार्यमा जैमिनी ऋषिको विशाल मूर्ति निर्माण गरिएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनी धामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारको काम भइरहेको सन्र्दभमा जैमिनी ऋषि चिनाउनका लागि पहिला मूर्ति निर्माण गरिरहेको उनको भनाइ छ । उनले जग्गा छनोट, जग्गा व्यवस्थापन नगरपालिकाले गरेको र मूर्ति निर्माणको काम निर्माण कम्पनीले गरेको जानकारी दिए ।

मूर्ति ६ फिट भन्दा अग्लो र चार फिट चौडा रहेको छ । ऐतिहासिक धार्मिकस्थललाई चिनाउन मूर्तिले ठूलो भूमिका खेल्ने छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्र भएसँगै जैमिनीधामको महत्व बढेको र सडकबाटै देखिनेगरी मूर्ति निर्माण गरिएको हो ।

राजमार्गमा गुड्ने सवारीधानमा हिँडेका पर्यटक जैमिनी धाम दर्शनका लागि पुग्न थालेपछि पूर्वाधार निर्माणमा समेत नगरपालिकाले जोड दिएको हो । प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचारप्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिइएको बताउदै उपप्रमुख शर्माले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु १० लाख र पर्यटन मन्त्रालयको रु १५ लाखबाट ध्यान केन्द्रका लागि पूर्वाधार निर्माणको थालनी, १०८ धारा लगायतका संरचना तयार गरिएको बताए ।

पूर्णकदको मूर्तिले जैमिनी ऋषिको महत्व बढाउने शर्माको भनाइ छ । नगरपालिकाले निर्माण गरेको जैमिनी ऋषिको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर०मा जैमिनी धामको पुनःनिर्माण, शङ्कशिला, देव शिला र नाग शिला र जैमिनी ऋषिले तपस्या गरेको गुफा संरक्षण लगायतका पूर्वाधार निर्माण गर्ने उल्लेख अनुसार काम थालिएको छ । जैमिनीधामा पूर्वाधार निर्माण गर्न डिपिआर अनुसार झण्डै रु १४ करोड खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : २८ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज