२६ बैशाख २०८३, शनिबार | May 9, 2026

‘भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन-जी पुस्तासँग माओवादीको धारणा समान’



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेन-जी पुस्तासँग माओवादीको धारणा समान रहेको जनाएको छ। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र ठुलो मात्रामा क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा पनि मागेको छ । बैठक पछि माओवादी प्रवक्ता अग्नी सापकोटाद्वारा जारी विज्ञप्तिमा इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जनाइएको छ । विज्ञप्तिमा प्रदर्शनका कममा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर् माग गर्दै भोलि (मंगलबार साँझ) देशभरका सबै स्थानीय तहहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्न निर्णय भएको उल्लेख गरिएको छ ।

बर्बर दमनबाट मारिएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तिमा घाइतेहरूको शीघ्र उपचारको प्रबन्ध तथा स्वास्थ्य लाभको कामना गरिएको छ ।

माओवादीले घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न समेत माग गरेको छ । माओवादीको विज्ञप्तिमा जेन(जी पुस्ता र माओवादी केन्द्रबीच साझा अवधारणा भएकाले आगामी दिनमा कसरी अघि बढ्‌ने भन्ने विषयमा संवाद गर्न माओवादी केन्द्रले युवा पुस्ताका प्रतिनिधिहरूसँग अपिल गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ११ : २९ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप