नेपालगन्ज । जेन जी आन्दोलनमा मृत्यु भएका बिद्यार्थीहरुको शोकमा प्याब्सन बाँकेले आजका लागि निजी विद्यालयमा शोक विदा दिएको छ । जेन(जी प्रदर्शनमा मृत्यु भएकाहरुको शोकमा आज (मंगलवार) एक दिन बाँकेका निजी विद्यालयहरुमा शोक विदा गरेको हो ।
प्रदर्शनका क्रममा बाँकेका २ जना सहित १९ जना बिद्यार्थी र किशोरहरुको मृत्यु भएको छ । शाहदात प्राप्त गरेका युवा बिद्यार्थी गुमाएको शोकमा शोक बिदा दिने निर्णय भएको प्ब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले बताए ।
जेन(जी प्रदर्शनमा नेपालगन्जका २३ वर्षीय सुलभराज श्रेष्ठ र आयुष थापाको मृत्यु भएको छ । प्याब्सन बाँकेका सल्लाहकार नरेन्द्र श्रेष्ठका एकमात्र छोरा धम्बोझीका सुलभ काठमाडौंमा इन्जिनियरिङ्ग पढ्दै थिए । बैदेशिक रोजगारीका लागि काठमाडोंमा पढ्दै गरेका आयुष नेपालगन्ज धम्बोझीका बासिन्दा भएको नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठले बताए ।


















प्रतिक्रिया