२६ बैशाख २०८३, शनिबार | May 9, 2026

प्रधानमन्त्रीले पद छोड्नुपर्छ, कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल पदबाट हट्न माग गरेका छन्।

सामाजिक सञ्जाल एक्स मार्फत सोमबार राति सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले अबोध युवामाथि भएको गोलीकाण्डले सिंगो देशलाई निदाउन नदिएको उल्लेख गरेका छन्।

“अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखै अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,” थापाले भनेका छन्।

उनले नेपाली कांग्रेसले पनि अब सरकारमा बसिरहनु नहुने भन्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने माग गरेका छन्। “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन सक्दैन। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,” उनले स्पष्ट पारेका छन्।

https://x.com/thapagk/status/1965259743573991521

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : ४६ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप