काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनमा भएको दमनप्रति तीव्र आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल पदबाट हट्न माग गरेका छन्।
सामाजिक सञ्जाल एक्स मार्फत सोमबार राति सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले अबोध युवामाथि भएको गोलीकाण्डले सिंगो देशलाई निदाउन नदिएको उल्लेख गरेका छन्।
“अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखै अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ,” थापाले भनेका छन्।
उनले नेपाली कांग्रेसले पनि अब सरकारमा बसिरहनु नहुने भन्दै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने माग गरेका छन्। “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन सक्दैन। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु,” उनले स्पष्ट पारेका छन्।
https://x.com/thapagk/status/1965259743573991521


















प्रतिक्रिया