१ चैत्र २०८२, आइतबार | March 16, 2026

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

अधिकारीले जेनजी युवाहरूले हिजो आयोजना गरेको प्रदर्शनमा भएको दमनप्रति असन्तुष्टि जनाउँदै पद छोडेका हुन्।

सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै अधिकारीले भनेका छन्, “साना बालबालिकासहित युवापुस्तामाथि भएको दमन र हत्या पश्चात सरकारमा निरन्तर बस्नु मेरो नैतिकताविपरीत छ। यसले मलाई अपराधबोध मात्र होइन, मेरो दलले दिएको शिक्षा र चेतनासँग पनि ठोक्किने अवस्था सिर्जना भएको छ। त्यसैले देश र जनतासमक्ष क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु।”

उनले लोकतन्त्रमा प्रश्न सोध्ने र शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकारलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै, त्यसको सट्टा हत्या र हिंसात्मक दमन गर्नु अस्वीकार्य भएको उल्लेख गरेका छन्।

अधिकारीले युवापुस्तासँग सहकार्य गरेर देश निर्माण गर्नुपर्ने बेलामा उल्टै उनीहरूमाथि युद्धजस्तो व्यवहार गरिएको भन्दै यसको जवाफ खोजिनुपर्ने पनि बताएका छन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : २१ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन