२० श्रावण २०८३, बुधबार | August 5, 2026

आन्दोलन स्थगन गरेर वार्तामा आउन प्रधान सेनापतिको आह्वान



नेपालगन्ज । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनरत समुहलाई आन्दोलनका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेका छन् । राष्ट्रका नाममा भिडियो सम्बोधन गर्दै उनले विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण निकास दिन आन्दोलनरत समुहलाई आन्दोलका कार्यक्रम स्थगन गरि वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले हालसम्म जनधनको धेरै क्षति भइसकेको उल्लेख गर्दै जनधनको थप क्षति हुन नदिनु सबैको साझा दायित्व भएको बताएका छन् । वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’ उनले भनेका छन् ।

प्रधान सेनापति सिग्देलले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन्। वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको पनि उनले स्पष्ट पारेका छन् ।

जेनजी पुस्ताले गरेको आन्दोलनपछि भएका घटनाक्रमबारे जानकारी दिन उनले सम्बोधन गरेका हुन्।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : २० बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल