नेपालगन्ज । नेपालगन्ज कारागारमा कैदीहरुले आगजनी गरेका छन् । कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेका हुन् ।
देशका अन्य कारागार जस्तै आफूहरु पनि बाहिर जान पाउनुपर्ने भन्दै भाग्ने प्रयासमा नेपालगन्ज कारागारका कैदीहरुले आगजनी गरेकौ एक सुरक्षा अधिकारीले बताए ।
उनीहरुलाई सम्झाई बुझाई गर्दापनि आगजनी र हो हल्ला गर्न नछाडेपछि सेनाले घुँडाभन्दा मुनी गानेली प्रहार गरेको बताइएको छ । कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएर अवस्था आफ्नो नियन्त्रणमा लिएका छन् । गोली प्रहारबाट लागु औषध मुद्दामा थुनामा रहेका कैलानल्किा उपेन्द्र बमको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
अहिले कारागारमा ठूलो संख्यामा नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन भएका छन् । कारागार नेपाली सेनाको घेराबन्दीमा छ ।


















प्रतिक्रिया