१३ असार २०८३, शनिबार | June 27, 2026

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै



नेपालगन्ज । यहाँस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा थुनुवाले पनि स्वअध्ययन गरिरहेका छन् । कारागारमा रहेका एक सय पाँच कैदीबन्दीले स्वअध्ययन गरिरहेका कारागार प्रशासन नेपालगन्जले जनाएको छ ।

सङ्घीय सरकारले तोकको मापदण्ड र पाठ्यक्रमअनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि स्नातकोत्तर तहसम्म सम्बन्धित विश्वविद्यालयबाट परीक्षा दिने गरी कैदीबन्दी तथा थुनुवाले अध्ययन गरेका कारागारका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले जानकारी दिए । कैदीबन्दीलाई प्रअ पौडेलबाहेक कारागारभित्रका अन्य दुई बन्दीले अध्ययन गर्न सहयोग गरेका छन् ।

प्रअ पौडेलले १८ देखि ५५ वर्षसम्मका कैदीबन्दीले कारागारमा स्वअध्ययन गरिरहेका जानकारी दिँदै नैतिक शिक्षाका बारेमा पनि अध्यापन थालिएको बताए । “परीक्षाको फर्म खुलेको समयमा फर्म भरेर बन्दीले सम्बन्धित परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन्छन्”, उनले भने ।

जुम्ला, कालीकोट, दैलेख, रुकुम, सल्ल्यानलगायत जिल्लामा रहेका विद्यालयमा आबद्ध भएर उनीहरुले नेपालगन्जस्थित परीक्षा केन्द्रबाट परीक्षा दिएका पौडेलको भनाइ छ । स्वअध्ययन गरेर कैदमुक्त भएपछि आफ्नो पेसामा लाग्न सजिलो हुने उल्लेख गर्दै उनले बन्दीले आवश्यकताअनुसार पढ्दै गएका बताए ।

पढ्ने कैदीबन्दी तथा थुनुवाहरुमध्ये लागुऔषध दुव्र्यसन मुद्दामा कारागारमा रहेका धेरै छन् । विसं २०५० देखि सो कारागारमा अध्ययन, अध्यापन हुँदै आएको प्रअ पौडेलले जानकारी दिए । “पढ्नेहरुको सङ्ख्या बढी हुँदा कक्षा लिन असजिलो भएको छ”, उनले भने ।

कारागारभित्र कक्षा १ मा पढने २५, कक्षा २ मा २०, कक्षा ३ मा १५, कक्षा ४ मा २० र ५ कक्षामा १५ जना छन् । यसबाहेक १० जना कक्षा ६ देखि स्नातकोत्तर तह अध्ययन गर्नेछन् । उनीहरुलाई जीवन उपयोगी शिक्षाका साथसाथै योग र ध्यानका कक्षा पनि आवश्यक भएको पौडेलले बताए । कैदीबन्दी तथा थुनुवालाई बुद्धसँग सम्बन्धित पाठ्यपुस्तक परीयति शिक्षासमेत प्रदान गरिएको उनले जानकारी दिए ।

जिल्ला कारागार बाँकेका निमित्त प्रमुख जेलर कविराम बुढाथोकीले बन्दीलाई मानसिक तनाबबाट मुक्त हुन स्वअध्ययन प्रभावकारी हुने उल्लेख गर्दै बन्दी जीवन बिताएका बन्दी सामाजिक जीवनमा प्रवेश गर्दा सामाजिकीकरण हुने बताए । उनले बन्दीलाई सरकारले उपलब्ध गराएको शिक्षाको हकको सुविधा उपभोग गरेको बताउँदै कारागारमा रहेको पुस्तकालयबाट उनीहरुले लाभ लिएका उल्लेख गरे । कारगारमा अहिले छ सय ८७ कैदीबन्दी तथा थुनुवा छन् । रासस

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ३ : १५ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा