१४ भदौ २०८३, आइतबार | August 30, 2026

कांग्रेस सच्चिन्छ, झन बलियो भएर उठ्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई अझ मजबुत र सुदृढ बनाउन नेतृत्व, विधान, शैली र कार्यप्रणालीमा परिवर्तन गर्ने प्रतिवद्धता जनाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले तीब्र दलीयकरणबाट समाजलाई कांग्रेसले बाहिर निकाल्ने बताए। पार्टीभित्र अनावश्यक संस्था नहुने र गुटउपगुट अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

भदौ २३ गते घटेको अकल्पनीय घटनाबारे थापाले कांग्रेसको तर्फबाट देशवासीसँग माफी मागे। उनले भने, “हाम्रो अनुहारमा लागेको दाग ऐना पुछेर हट्दैन, हामीले नै त्यसलाई पुर्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ।”

थापाले भदौ २४ गते पार्टीका कार्यालय र सम्पत्तिमा ठूलो क्षति पुगेको जनाएका छन् । उनले स्वाभाविक आक्रोशलाई स्वीकार गर्नुपर्ने तर नियतवश भएका तोडफोड र आगजनीका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले पुनर्निर्माणको पहल कांग्रेसले लिनुपर्ने आवश्यकता औंल्याउँदै विगतमा माओवादीसँग मेलमिलाप गरेको उदाहरण दोहोर्याए। उनले सबैलाई जोड्ने र देशलाई निकास दिने पहल गर्न पार्टीका साथीहरूलाई आह्वान गरे।

महामन्त्री थापाले अन्तरिम सरकारबारे छलफल भइरहेको उल्लेख गर्दै आन्दोलनकारीहरूले सुझाएको व्यक्तिको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार रहेको जानकारी पनि दिए।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ११ : ३१ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा