१४ भदौ २०८३, आइतबार | August 30, 2026

जेनजी अगुवा सुदन शीतल निवासमा कुरेको कुरै, संसद बिघटन मुद्दामा अल्झियो निकाश



काठमाडौं । जेनजी आन्दोलनको माग सम्बोधन हुनेगरि बैधानिक बाटोबाट समाधान खोजिरहेका राष्ट्रपति रामचन्द्र पौडेल भेट्न पुगेका जेनजी समुहका अगुवा सुदन गुरुङले ९ घण्टा देखि प्रपतक्षा गर्दा पनि भेट हुन नसकेको गुनासो गरेका छन् । उनलाई वार्ताका लागि भन्दै शीतलनिवास बोलाए पनि राष्ट्रपतिसँग भेट हुन नसकेको उनले बताएका छन् ।

सुदनले सामाजिक सञ्जालमा लेख्दै आफुले कुनै कर्मचारी वा मध्यस्थकर्ताहरूसँग कुरा नगर्ने, राष्ट्रपतिसँग सिधै भेट्ने र एकल छलफल पनि अस्वीकार गर्ने अडानमा दृढ रहेको स्पष्ट पारेका छन् । जेनजी टोली र यस आन्दोलनको आवाज सँगै उपस्थित हुनुपर्ने उनको माग छ ।

जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेपनि कार्कीले जेनजी पुस्ताको भावना भन्दै संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त राखेपछि प्रधानमन्त्री नियुक्तिको प्रक्रिया गिजोलिएको छ ।

कार्कीले गयराती देखि नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन्।

जेनजीको माग, मर्म र भावनाअनुसारको मार्गचित्रमा काम गर्न नपाउने हो भने आफू प्रधानमन्त्री नबन्ने अडान राखेर गएराति उनी शीतलनिवासबाट निस्किएकी थिइन्। उनले आफु वार्तामा नबस्ने पनि अडान लिएकी छन् ।

तर संसद् विघटन नगर्न पुराना राजनीतिक दल, संघीय संसद्का दुवै सदनका प्रमुखहरूको राष्ट्रपतिलाई दबाब छ । संविधानभित्रैबाट समाधान खोज्न भनेका छन्।

हालको संविधानमा संसदबाहिरबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छैन। संसद्को बहुमत प्राप्त गर्न सक्ने सांसद वा पहिलो संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था संविधानको धारा ७६ मा छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ४ : ५८ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा