३१ असार २०८३, बुधबार | July 15, 2026

नयाँ अन्तरिम प्रधानमन्त्रीको नियुक्तिमा संविधानको धारा ६१(४) को प्रयोग



काठमाडौं । नेपालको संबिधानमा प्रधानमन्त्री नियुक्तिको ब्यवस्थाका लागि धारा ७६ को ब्यवस्था गरेको भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्दाभने संविधानको धारा ६१(४) प्रयोग गरेका छन् ।

राष्ट्रपति पौडेलले संबिधानको संरक्षक, पालक र राष्ट्रिय एकताको प्रवद्र्धकका हैसियतले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

शीतलनिवासमै बिहीबार र शुक्रबार विभिन्न पक्षसँग परामर्श र सहमतिपछि राष्ट्रपतिले यो निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार, संविधानको पालक, संरक्षक र राष्ट्रिय एकताको प्रवर्धन गर्ने राष्ट्राध्यक्षको अन्तर्निहित अधिकार प्रयोग गरी अहिलेको संकटको निकास दिने सहमति भएबमोजिम प्रधानमन्त्री नियुक्तिकोे निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

‘राष्ट्राध्यक्षका हैसियतमा संविधानको संरक्षक, पालक र राष्ट्रिय एकताको प्रवर्धन गर्ने अन्तरनिहित अधिकारको प्रयोगबाट यो निर्णय भएको उनले बताए ।

जेनजीको प्रदर्शन सरकारले थेग्न नसकेपछि भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए बालुवाटारबाट भागेका थिए । उनी सेनाको सहयोगमा बालुवाटारको सरकारी निवासबाट भागेर अहिलेपनि अज्ञातस्थलमा बस्दै आएका छन् ।

राष्ट्रपति पौडेलले हिजैबाट संविधानमा ‘कमभन्दा कम क्षति पुग्ने गरी’ संसदबाहिरबाट प्रधानमन्त्री चयन र अन्तरिम सरकार गठन गर्ने बाटो निकाल्न संविधानविद्हरूले पनि परामर्श दिएका थिए।

राष्ट्रपतिमाथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजीको सिफारिस र दबाब थियो।

अन्तरिम सरकार गठनसँगै तत्कालको गतिरोध अन्त्य भएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ९ : ४० बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत