१६ बैशाख २०८३, बुधबार | April 29, 2026

काठमाडौं महानगरका विद्यालयहरु आजदेखि खुल्ने, सोमबारदेखि पढाइ सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालनको तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार हालैको असामान्य परिस्थितिका कारण बन्द भएका विद्यालयलाई पुनः सञ्चालन गर्ने उद्देश्यले तयारी थाल्न भनिएको हो ।

विद्यालय भवन तथा पूर्वाधारमा कुनै क्षति पुगे-नपुगेको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीहरूको अवस्था बुझ्न र तत्कालै बालबालिकालाई विद्यालयमा उपस्थित हुन आग्रह गर्न महानगरले सूचनामार्फत निर्देशन दिएको छ ।

यसअघि भदौ २३ र २४ गते विद्यालयमा क्षति मूल्यांकन र तयारीका लागि सूचित गरिसकेको महानगरले अब भौतिक रूपमा कक्षा सञ्चालनसँगै मनोसामाजिक परामर्शसमेत सुरु गर्ने जनाएको छ ।

महानगरले विद्यालयमा अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीका लागि भने अनलाइन कक्षा सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ७ : ३५ बजे

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी