२६ बैशाख २०८३, शनिबार | May 9, 2026

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।

पदबहाली भए लगत्तै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई सरकारको तर्फबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छन् ।

सिंहदरबारमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेकी हुन् ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, गत मङ्गलबार र बुधबार भएको आन्दोलनका क्रममा प्रदर्शनकारीसहित विभिन्न घटनामा परी देशभर करिब ७२ जनाको मृत्यु भएको छ ।

सरकारले मृतकका परिवारलाई तत्काल सहयोगस्वरूप राहत प्रदान गर्ने र घाइतेहरूको उपचार खर्च समेत व्यहोर्ने जनाएको छ ।

सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिएकी थिइन् ।

त्यसअघि कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी थिइन् ।

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी थिइन् ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ११ : ५८ बजे

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित