११ भदौ २०८३, बिहिबार | August 27, 2026

प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता



काठमाडौं । चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।

चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

“हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,” उनले भनेको दूतावासको कथन छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ०५ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’