११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई र सवारी दर्ता अनिश्चितकालका लागि बन्द



काठमाडौं । जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाई तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जानकारी दिएको छ ।

यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिकउपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।

‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (eDL VRS) सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने बेहोरा जानकारीका लागि अनुरोध छ,’ विभागको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  २ : ५९ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६