१५ माघ २०८२, बिहिबार | January 29, 2026

एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित



काठमाडौं । भारतले आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाउँदै एसिया कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । आइतबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा स्पिनरहरूको प्रभावकारी प्रदर्शनपछि भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो ।

गत मे महिनामा भएको सैनिक द्वन्द्वपछि पहिलो पटक आमनेसामने भएका यी दुई टोलीबीचको खेल निकै चर्चित बनेको थियो । तर खेलपछि दुवै टोलीका खेलाडीले हात मिलाएका छैनन् ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले कमजोर प्रदर्शन गर्‍यो । टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन मात्र बनाउन सक्यो । कप्तान सलमान अघाको निर्णय पाकिस्तानका लागि महँगो साबित भयो ।

भारतका बलरले उत्कृष्ट सुरुवात दिलाए । हार्दिक पाण्ड्याले पहिलो बलमै सइम अयुबलाई आउट गरे भने मोहम्मद हरिस पनि ३ रनमै समेटिए । पाकिस्तानका ओपनर साहिबजादा फरहानले सर्वाधिक ४० रन बनाए । उनले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

लक्ष्य सजिलो रहेकाले भारतले आक्रामक ब्याटिङ गर्‍यो । ओपनर शुभमन गिल १० रनमा आउट भए पनि अर्का ओपनर अभिषेक शर्माले १३ बलमै ३१ रन बनाए । उनले ४ चौका र २ छक्का प्रहार गरे । तिलक वर्माले पनि ३१ रन जोड्दै जितको आधार बनाएका थिए ।

पाकिस्तानका लागि अयुबले मात्र विकेट लिन सके । उनले ४ ओभरमा ३५ रन खर्चिँदै सबै ३ विकेट हात पारे ।

यसअघि भारतले पहिलो खेलमा यूएईलाई ९ विकेटले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । अब दोस्रो चरणमा प्रवेश गर्न पाकिस्तानले यूएईलाई हराउनैपर्ने बाध्यता छ ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ८ : १८ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय