२६ बैशाख २०८३, शनिबार | May 9, 2026

प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीको सपथ साढे ११ बजे शीतल निवासमा, सुजन गुरुङ समुह असन्तुष्ट



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ः३० बजे हुने छ ।

प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओमप्रकाश अर्याललाई गृह तथा कानून, र रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । गृहमन्त्री बनेका अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानूनी सल्लाहकारका रुपमा परिचित छन् भने अर्थमन्त्री खनाल पूर्व अर्थसचिव हुन् ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी थिइन् । त्यसैदिन साँझ उनले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

तर मन्त्री नियुक्तिको विषयमा सुजन गुरुङ समुहले असन्तुष्टि जनाएको छ । आइतबार राति बालुवाटारमा प्रदर्शन गर्दै सुजन गुरुङहरूले गृहमन्त्री नियुक्त अर्यालमाथि प्रश्न उठाएका थिए । उनीहरूले आन्दोलन सफल भएपछि सहजकर्ताका रुपमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाउनु नहुने भन्दै प्रधानमन्त्री कार्की विरुद्ध नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : ११ बजे

छ लाख भारतीय मुद्रासहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको छ लाख भारतीय मुद्रासहित

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा