९ पुस २०८२, बुधबार | December 24, 2025

प्रधानमन्त्री कार्कीले नियुक्त गरेका तीन मन्त्रीको सपथ साढे ११ बजे शीतल निवासमा, सुजन गुरुङ समुह असन्तुष्ट



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ः३० बजे हुने छ ।

प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओमप्रकाश अर्याललाई गृह तथा कानून, र रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए । गृहमन्त्री बनेका अर्याल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानूनी सल्लाहकारका रुपमा परिचित छन् भने अर्थमन्त्री खनाल पूर्व अर्थसचिव हुन् ।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी थिइन् । त्यसैदिन साँझ उनले तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

तर मन्त्री नियुक्तिको विषयमा सुजन गुरुङ समुहले असन्तुष्टि जनाएको छ । आइतबार राति बालुवाटारमा प्रदर्शन गर्दै सुजन गुरुङहरूले गृहमन्त्री नियुक्त अर्यालमाथि प्रश्न उठाएका थिए । उनीहरूले आन्दोलन सफल भएपछि सहजकर्ताका रुपमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाउनु नहुने भन्दै प्रधानमन्त्री कार्की विरुद्ध नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ९ : ११ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

बुटवल औद्योगिक प्रदर्शनीको पहिलो सातामै एक लाख अवलोकनकर्ता, ८ करोडको कारोबार

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको पहिलो सातामै करिब एक