११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

जेनजी आन्दोलनमा लुटपाट भएका सामान खरिद नगर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आग्रह



बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोडपछि लुटपाट गरिएका सामग्री खरिद-विक्री नगर्न आग्रह गरेको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै लुटपाटमा संलग्न व्यक्तिहरु पहिचानमा सहयोग पुग्ने कुनै फोटो, भिडियो वा अन्य प्रमाण भएमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ ।

सूचनामा भनिएको छ, ‘प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन तथा पसलमा आगजनी र तोडफोड गर्नु अघि त्यहाँ रहेका जिन्सी तथा नगद सामग्री लुटपाट गरी लैजाने घटना भएका छन् । ती सामग्री बजारमा खरिद नगर्न-नगराउन अनुरोध गरिएको छ ।’

त्यस्ता चोरी वा लुटिएका सामान खरिद वा सञ्चय गरेको पाइए प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही हुने कार्यालयले जनाएको छ ।

प्रहरीले यस्ता गतिविधिमा संलग्न समूहको सीसी टिभी फुटेज, तस्बिर, भिडियो वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिंकहरू [email protected] मा पठाई सहयोग गर्न आग्रह गरेको छ । साथै, सूचना उपलब्ध गराउने व्यक्तिको गोपनीयता सुरक्षित गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

 

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  १२ : ४६ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि