काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतसँग मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन् । भेटमा प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्नुपरेको भन्दै सहयोग गर्न आग्रह गरेकी थिइन् ।
तर डा. रूइतले सरकारलाई सहयोग गर्ने तर मन्त्री बनेर सहभागी हुन नसक्ने स्पष्ट जवाफ दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि डा. रूइतले आफू चिकित्सकीय सेवामार्फतै नागरिकको पक्षमा तल्लिन हुने र राजनीतिक जिम्मेवारी नलिने अडान दोहोर्याएका हुन् ।



















प्रतिक्रिया