काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार फोनवार्ता हुने भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार दुबै प्रधानमन्त्रीबीच बिहीबार बिहान साढे ११ बजे संवाद गर्ने तयारी छ। यसअघि दुई प्रधानमन्त्रीबीच आजै वार्ताहुने बताइएको थियो । भोलि शोकविदा भएका कारण पर्सिका लागि सारिएको हो ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुने वित्तिकै कार्कीलाई भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालबाट बधाइ दिएका थिए । त्यसलगत्तै २२ महिनापछि मणिपुर पुगेका मोदीले सार्वजनिक भाषणबाटै कार्कीको र जेनजी आन्दोलनको प्रशंसा गरेका थिए ।
कार्कीले भने आफुुलाई जेनजीले प्रधानमन्त्रीमा प्रस्तावित गर्ने वित्तिकै भारतीय मिडियामा अन्तर्वार्ता दिँदै मोदीको प्रशंसा गरेकी थिइन ।


















प्रतिक्रिया