१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बेँसीशहर–चामे सडक भासियो, ‘तत्काल मर्मत असम्भव’



लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिरोले भासिएको छ ।

मङ्गलबार रातिदेखि अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिरोले आज बिहान सो सडकखण्डको बेँसीशहर नगरपालिका–६ खरखरेभिरको सडक भासिएको हो ।

करिब २० मिटर सडक भासिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले बताए । उनले भने, “सडकमाथिबाट आएको पहिरो र सडक तल मर्स्याङ्दी नदीले खोलेको जमिनका कारण सडक भासिदा सडक अवरुद्ध भइरहेको छ ।” पानी निरन्तर परिरहेकाले तत्काल मर्मत गर्न असम्भव भएको उनको भनाइ छ ।

सो स्थानमा लामो समयदेखि वर्षेनी हल्का वर्षा हुनासाथ ढुङ्गामाटो आएर सडक अवरुद्ध हुँदै आएको थियो ।

सो सडकअन्तर्गत नगरपालिकै वडा नं ७ सहजीनिरको पुवाखोलामा समेत बाढी आएकाले यातायात अवरुद्ध बनाएको छ ।

सडक अवरुद्ध हुँदा ढुवानीदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ११ : ५० बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका