काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद् बैठक सुरु हुनुअघि प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच करिब आधा घण्टा छलफल भएको हो ।
सभामुखको सचिवालयका अनुसार भेटमा संघीय संसद्को चालु अधिवेशनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो समय प्रतिपक्षी सांसदहरूले संसद् बैठकमा प्रधानमन्त्रीको नियमित उपस्थिति र समसामयिक विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन् । यसै सन्दर्भमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर समसामयिक विषयमा सम्बोधन गर्न आग्रह गर्दै आएका छन् ।


















प्रतिक्रिया