२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्गसहित गुल्मीका तीन मुख्य सडक अवरुद्ध



गुल्मी । तीन दिनको लगातार वर्षाका कारण कालीगण्डकी करिडोर सडकसहित गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोरको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो तथा रिडी-वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका-६ डहरेखोलामा पानीको बहाव बढेका कारण आज बिहानदेखि उक्त दुवै सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्लाका तिनवटै मुख्य सडकहरु अवरुद्ध बनेपछि दुवैतर्फका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । जिल्लामा लगातार रूपमा वर्षा भइरहेको छ । अवरुद्ध सडक सञ्चालन गर्न स्थानीय गाउँपालिका र सडक निर्माण कम्पनीले आवश्यक उपकरण तयारी अवस्थामा राखिए पनि अहिले पनि लगातार वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या परेको सूचना अधिकारी सारुले जानकारी दिए । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै तम्घास, पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले लगातारको वर्षाका कारण विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भन्दै पहिरोग्रस्त र खोलातटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बसोबास गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ९ : १३ बजे

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका

नेप्सेमा दोस्रो पटक पनि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको