२० मंसिर २०८२, शनिबार | December 6, 2025

नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौं : शंकर पोखरेल



काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

उनले त्यसको आवरणमा हुने प्रतिगमनकारी गतिविधि र विध्वंसकारी हरकतको भने दृढतापूर्वक विरोध गर्नुपर्ने बताए ।’नयाँ पुस्ताको आकाङ्क्षा, माग र बलिदानको सम्मान गरौँ, त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हरकत र विध्वंसको विरोध गरौँ’, उनले लेखेका छन् ।

फेसबुकमार्फत विचार व्यक्त गर्दै महासचिव पोखरेलले पार्टीलाई नयाँ पुस्ताको विश्वास जित्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले जनतासँगको सम्बन्धलाई अझ जीवन्त र घनिष्ठ बनाउन, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन तथा आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टी पंक्तिको मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

‘नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ, जनतासँगको सम्बन्धलाई जिवन्त र घनिष्ठ बनाऔँ, जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ, आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पंक्तिको मनोबल उच्च बनाऔँ’, उनले भने।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बन्न र अरूलाई पनि सचेत बनाउनुपर्ने भन्दै उनले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ, लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यमा जोड दिऔँ, जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ’, महासचिव पोखरेलले उल्लेख गरे ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : ०२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल