११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस



काठमाडौं । ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्रस एण्ड साइन्सेस (अस्कर अवार्ड)’ मा नेपालको प्रतिनिधित्व ‘अञ्जिला’ चलचित्रले गर्ने भएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समिति ९नेपाल०ले अमेरिकामा आयोजना हुने ९८ औँ ‘अस्कर अवार्ड’ मा ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको हो ।

उक्त समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु र कलात्मकता प्रस्तुति, त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए । उनले भने, “चलचित्रको गहन मूल्याङ्कनपश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण र कलात्मक सिल्पलाई ध्यानमा राखेर हामीले चलचित्र छनोट गरेका हौँ ।”

उनले अस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ‘गुन्यू चोलो (द ड्रेस) र ‘अञ्जिला’ प्राप्त भएको जानकारी दिए । चलचित्र अञ्जिला नेपाली महिला फुटबल टिमकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । खेलाडी सुब्बाले अभिनय गरेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन ।

उक्त चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठले खेलाडीका विषयमा बनेको चलचित्रले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु गौरवको विषय भएको बताए । “नेपालले खेलमा राम्रो प्रगति गरिरहेको छ, सोही कारण हामीले खेलाडी सुब्बाको जीवनी र सङ्घर्षलाई समेटेर चलचित्र तयार गरेका हौँ”, उनले भने ।

यसले नेपालको सुन्दरतासँगै महिला खेलाडीको सङ्घर्षपूर्ण यात्रा र सफलताको कथा समेटेको श्रेष्ठको भनाइ छ । यो अन्यका लागि प्रेरणाको स्रोत बन्ने उनले विश्वास व्यक्त गरे ।

चलचित्र अञ्जिलामा खेलाडी सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन । गत वर्ष नेपालमा प्रदर्शन भएको उक्त चलचित्रले घरेलु बजारमा रु नौ करोडको हाराहारीमा व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ७ : ०५ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा