काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारहिरुको उपस्थिति थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सहभागी भए पनि अन्य पूर्वप्रधानमन्त्रीहरु भने अनुपस्थित भए ।
जेनजी आन्दोलनका क्रममा भएहो हत्या हिंसा, तोडफोड, आगजनी र लुटपाटका कारण देश संकटम परेको बेला आजको कार्यक्रममा कुनै विशेष झाँकीको आयोजना गरिएन नेपाली सेना र अन्य सुरक्षाकर्मीले ब्याण्डलगायतका औपचारिक प्रस्तुति भने दिए।
नेपालको संविधान विक्रम संवत २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी भएको थियो ।



















प्रतिक्रिया