२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस–२०८२ को अवसरमा सम्बोधन गर्दै नेपालको संविधान जनआन्दोलन, संघर्ष, त्याग र बलिदानबाट बनेको मार्गदर्शक दस्तावेज भएको उल्लेख गरेकी छिन् ।

संविधान जारी भएको एक दशक पूरा भएको ऐतिहासिक घडीमा सम्बोधन गर्दै उनले संविधान दिवस केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी पुस्ताको आन्दोलनलाई जनताको चेतना, युवाको चाहना र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिबिम्बका रुपमा व्याख्या गरिन् । उनले भनिन्, “लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान गर्ने प्रणाली हो ।”

उनले हालैको आन्दोलनलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग जोडेर हेरिनु पर्ने उल्लेख गर्दै शहीद र आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।

प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको जिम्मेवारी संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई सत्ता हस्तान्तरण गर्ने रहेको स्पष्ट पारिन् । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित बनाउन सबै सरोकारवालाको सहयोग अपेक्षित रहेको बताइन् ।

उनले भनिन्, “संविधानका अक्षर स्थिर हुन सक्छन्, तर यसको भावना र प्राण सधैं जीवन्त हुन्छ । जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो ।

कार्कीले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभूत विशेषता बताउँदै संविधान दिवसले नयाँ संकल्प गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन् ।

युवा पुस्ताको उत्साह र नवप्रवर्तन सोच नै नेपालको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै उनले देश पुनर्निर्माण, सुशासन र समृद्धिका लागि सबै पक्षलाई हातेमालो गर्न आह्वान गरिन् ।

अन्त्यमा, प्रधानमन्त्री कार्कीले संविधान दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गर्दै सरकारले शासकीय सुधारमार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धि दिलाउने दृढ संकल्प दोहोर्याइन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : ३० बजे

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा

रास्वपाले आजदेखि सांसदहरूलाई दुईदिने प्रशिक्षण दिँदै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित

सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया

भैरहवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका कारण रोकिएका

बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आज (शनिबार)देखि बुटवलमा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै