२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

संविधान दिवसमा कांग्रेस बाँकेबाट मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग



नेपालगन्ज । संविधान दिवसको अवसरमा नेपाली कांंग्रेस बाँकेले मानव सेवा आश्रम नेपालगन्जलाई खाद्यान्न उपलब्ध गराएको छ । संविधान दिवसको अवसरमा शुक्रबार कांग्रेस बाँकेले मानव सेवा आश्रम नेपालगन्जलाई खाद्यान्न सहयोग गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौंडेल लुम्बिनी प्रदेशका सांसद एवम संविधान सभा सदस्य बादशाह कुर्मी, जिल्ला उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की लगायतले मानव सेवा आश्रमका संयोजक उर्बिन सापकोटालाई खाद्य समाग्री हस्तान्तरण गरेका थिए ।

सो क्रममा केही थान मास्क र ग्लोब्स पनि आश्रमलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताले नेपालको संविधान २०७२ जारी गर्नमा नेपाली कांग्रेसका पुर्बसभापति एवम पुर्बप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको योगदानलाई कसैले बिर्सन नहुनेमा जोड दिए । संविधान जारी गर्नमा स्वर्गिय कोइरालाले पार्टी भन्दा माथी उठेर सबैको प्रतिनिधित्व गराएको बताए । उनले कुनैपनि बहानामा संविधान मास्न नहुने बताए

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : ४१ बजे

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको