विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई वर्तमान अवस्थाबाट निकाल्ने एक मात्र उपाय आगामी निर्वाचन भएको बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “राष्ट्रपतिले संविधानलाई केही हदसम्म आघात पुर्याएर भए पनि मुलुकलाई निकास दिनुभएको छ । अब चुनावमा जानेबाहेक विकल्प छैन ।”
कोइरालाले कांग्रेस कार्यकर्तालाई चुनावी तयारीमा जुट्न आह्वान गर्दै लोकतन्त्रको पुनर्स्थापनाका लागि आफू निरन्तर सक्रिय रहने बताए । उनका अनुसार, अब पार्टीले ठोस निर्णय गर्दै अघि बढ्नुपर्ने समय आएको छ ।
उनले कोइराला निवासले विगतमा जस्तै लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न योगदान दिइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही ध्येयसहित अघि बढ्ने दृढता व्यक्त गरे । कोइराला निवासलाई जेनजी आन्दोलनकारीको नाममा बिध्वंसाकारीले आगो लगाएर ध्वस्त बनाएका थिए ।


















प्रतिक्रिया