बुटवल । क्यान्सरविरुद्ध लामो समयदेखि संघर्ष गर्दै आएका रुपन्देहीका अग्रज पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ । शर्माको शनिबार भैरहवा सिटि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विगत दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका शर्माले भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनले कारोबार दैनिकको सम्बाददाता र न्यूज ओकेको सम्पादक लगायत बिभिन्न सञ्चार माध्यममा आबद्ध रहेर सञ्चारकर्म गर्दै आएका थिए ।
पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ । उनको श्रीमती, एक छोरी र एक छोरा छन् ।


















प्रतिक्रिया