१५ माघ २०८२, बिहिबार | January 29, 2026

एसिया कप सुपर फोरमा आज भारत र पाकिस्तान आमनेसामने



काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर चरणमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुँदैछ । समूह चरणमा विजेता र उपविजेता बनेका दुई टिमले आइतबार राति ८:१५ बजे यूएईमा खेल्न लागेका हुन् ।

समूह चरणमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । अपराजित यात्रासहित भारत समूह विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेको हो । भारतले समूह चरणका तीनै खेल जितेर ६ अंक जोडेको थियो ।

पाकिस्तान भने भारतसँगको हारपछि बाँकी खेल जित्दै ४ अंकसहित समूह उपविजेता बनेको हो । यसरी समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गर्दा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेशले स्थान सुरक्षित गरेका छन् ।

सुपर फोरको पहिलो खेलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा श्रीलंकालाई चार विकेटले पराजित गर्दै बंगलादेशले दुई अंक जोडेको हो ।

यसपटकको एसिया कपमा आठ टिम सहभागी बनेका थिए । तर, अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणमै बाहिरिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ३८ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय