१५ माघ २०८२, बिहिबार | January 30, 2026

नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौं उपत्यकाका शक्तिपीठ



काठमाडौं । नवरात्र नजिकिएसँगै काठमाडौं उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ । काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन् । एक साताअघिदेखि यी मन्दिर क्षेत्रमा सिँगारिएका हुन् ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ रातलाई ‘नवरात्र’ भनिन्छ । नवरात्रमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रको सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए ।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यस अवसरमा घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना एवं दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु हुँदैछ । असोज १५ गते बुधबारसम्म नवरात्र रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।

नवरात्रभर पूजा, आराधना गरिएको देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ । विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका, प्रसाद एवं आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ५० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला