काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री परियारले नेपाल र कोरियाबीच आलु तथा धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन् । मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने सो समितिले सम्झौता कार्यान्वयनका लागि समन्वय गर्ने जनाइएको छ ।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए । उनले शासकीय सुधार र बेथिति अन्त्यमा सरकारले विशेष ध्यान दिने बताउँदै प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने स्पष्ट पारे ।


















प्रतिक्रिया