७ आश्विन २०८३, बुधबार | September 23, 2026

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो



जुम्ला । कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक मन्दिर जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ-भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो सोमबार फेरिएको चन्दननाथ-भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको छ । (‘मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ-आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ’, उनले भने ।

भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने परम्परा रहिआएको समितिका अध्यक्ष थापाले बताए । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहिआएको हो ।

वर्षभरि देवीदेवताले प्राकृतिक विपदबाट रक्षा गरून् भन्ने विश्वाससहित मन्दिरमा लिङ्गो हालेर घटास्थापना गर्ने परम्परा रहेको थापाको भनाइ छ । उनका अनुसार मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गर्दछन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गर्ने गरिन्छ ।

लिङ्गो फेरेसँगै चन्दननाथ-भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा रहेको समितिका अध्यक्ष थापाले जानकारी दिए । ‘यसले मार्सी धानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ । दशकअघिसम्म लिङ्गो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो’, उनले भने ।

जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखीलगायत सामग्री ल्याउने चलन थियो । अहिले यो परम्परा रोकिएको चन्दननाथ-भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताए ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलनअनुसार सोमबार स्थानीयले घरघरमा घटस्थापना गरेका छन् । मन्दिरमा जय स्तम्भसहित पाँच वटा लिङ्गा खडा गरिएको चन्दननाथ-भैरवनाथ मन्दिर गुठी समितिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ३५ बजे

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु