१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

रास्वपाभित्रै सभापति लामिछानेले पद छाड्नुपर्ने माग



काठमाडौं । सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदबाट अलग गर्नुपर्ने आवाज पार्टीभित्रै उठेको छ । मंगलबार च:मतीमास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले मुद्दाको कानुनी टुंगो नलागेसम्मका लागि लामिछानेले सभापति पद छाड्नुपर्ने प्रस्ताव राखेका हुन् ।

बैठकमा सुदूरपश्चिम सभापति प्रकाश विष्ट, कोशीका सरिन तामाङ, लुम्बिनीका देवराज पाठक र गण्डकीका राजन गौतमले रवि पदमा रहिरहन नहुने धारणा राखेका छन् । उनीहरूले विभिन्न पाँच जिल्लामा चलिरहेका सहकारी ठगीसम्बन्धी मुद्दाको किनारा लागेपछि मात्र सभापतिका रुपमा काम गर्नु उपयुक्त हुने बताएका छन् । अन्य प्रदेशका सभापतिहरू भने मौन बसेको सहभागी नेताहरूले जानकारी दिएका छन् ।

त्यसैगरी, बैठकमा भदौ २४ गतेको हुलदंगा क्रममा नख्खु कारागारबाट लामिछाने बाहिरिएको विषय पनि उठेको छ । उनलाई निकाल्न उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली र हरि ढकालसहित पुगेको विषय बैठकमा छलफलमा आएको हो ।

प्रवक्ता झाले यसअघि नै रविलाई भेट्न नख्खु कारागार पुग्नु गल्ती भएको स्वीकार गरिसकेका छन् । उनका अनुसार त्यो बेला गम्भीर त्रुटि भए पनि अब सच्याएर अघि बढ्ने समय आएको छ ।

हाल लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधसहितका मुद्दा चलिरहेका छन् । उनी बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा नख्खु कारागारमा थुनामा छन् । भदौ २४ गते आन्दोलनकै बीच नक्कली कागज प्रयोग गरी बाहिरिए पनि दबाबपछि पुनः थुनामै फर्किएका थिए ।

प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा सात वटा एजेन्डामा छलफल भइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ४४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा