१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते



गुल्मी । गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । चट्याङका कारण जिल्लामा तीनवटा गोरुसमेत मरेका छन् । आज अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लामा चट्याङले क्षति पुर्‍याएको हो ।

चट्याङका कारण जिल्लाको इस्मा गाउँपालिका(४ दोहोलीकी ४६ वर्षीया निर्मला खत्री, इस्मा(५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका(७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ परेर लागि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू तीनै जनाको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

चट्याङका कारण मालिका गाउँपालिका(४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका अर्खाबाङ् प्रहरी चौकीले जनाएको छ ।

त्यसैगरी मदाने गाउँपालिका(३ सिर्सेनी काफलपाटाका ३६ वर्षीय डोरबहादुर विक सर्पको टोकाइबाट घाइते भएका छन् । बारीमा घाँस काट्ने क्रममा विकलाई आज दिउँसो सर्पले टोकेको हो । उनको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सारुले जानकारी दिए ।

यसैबीच, प्रशासनले वर्षात्को समयमा सर्वसाधारणलाई विपद्बाट हुनसक्ने जोखिमबाट सुरक्षित र सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले