२० भदौ २०८३, शनिबार | September 5, 2026

एसिया कप : बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत फाइनलमा



काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा पुगेको हो ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोड्यो । भारतका लागि ओपनर अभिषेक शर्माले केवल ३७ बलमा पाँच छक्का र ६ चौकाको मद्दतमा शानदार ७५ रन बनाउँदै अर्धशतक पुरा गरे । हार्दिक पाण्डेयले ३८ रन तथा शुभमन गिलले २१ रनको योगदान दिए । बंगलादेशका रिशाद हुसैनले २ विकेट लिँदा ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एक-एक विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमै अलआउट हुँदै १२७ रनमै समेटियो । साहिद हसनले ५१ बलमा पाँच छक्का र तीन चौकासहित सर्वाधिक ६९ रन बनाए । प्राभेज हुसेनले २१ रन जोडे तर अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् ।

भारतका सुलदीप यादवले ३ विकेट झारे भने जसप्रित बुमराह र वरुण चक्रवतीले २-२ विकेट लिए । अक्षर पटेल र तिलक वर्माले पनि एक-एक विकेट हात पारे ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ६ : ५७ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २