१० माघ २०८२, शनिबार | January 24, 2026

साफ यू-१७ च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत आमनेसामने



काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः३० बजे कोलम्बोस्थित रेसकोर्स रंगशालामा हुनेछ ।

नेपाल समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले भुटानलाई २-० ले पराजित गरेको थियो भने बंगलादेशसँग ४-० ले पराजित हुँदै तीन अंकसहित उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

भारत भने समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । उसले पाकिस्तानलाई ३-२, भुटानलाई १-० र माल्दिभ्सलाई ६-० ले पराजित गर्दै नौ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो ।

यसअघि भएको संस्करणमा भारतले नेपाललाई ४-२ ले हराएको थियो । भुटानमा सम्पन्न सो संस्करण भारतले बंगलादेशलाई २-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : ५४ बजे

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी