१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु, अर्का एक गम्भीर



सर्लाही । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका-५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परेर प्रदेश ३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका-२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र पण्डितलाई रामजानकी अस्पताल जनकपुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : ५२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा