२० मंसिर २०८२, शनिबार | December 6, 2025

कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे



बर्दिया । विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त लागु औषधको प्रयोगले समाजका नकरात्मक प्रभाव पारेको बताए ।

उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताए । सहभागीहरुले महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन ।

उनीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु माया सापकोटा, सिता चौधरी, सविता परियार, निशा थारु, शकिना खान, जामेरुन खाँ, कृपानन्द झाँलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, महासचिव अधिबक्ता केवलसिंह थारुले लगायतल धारणा राखे । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : २६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय