३ चैत्र २०८२, मंगलबार | March 17, 2026

पर्वत–रुपन्देही सेवा समाज सिद्धार्थनगरद्वारा शुभकामना आदानप्रदान



भैरहवा । पर्वतबाट आएर रुपन्देहीमा बसोबास गर्दै आएका पर्वतेहरुले विजयादशमी, दीपावली, छठलगायत आसन्न नेपाली चाडपर्वहरूको अवसरमा एकआपसमा शुभकामना आदान प्रदान गरेका छन् । पर्वत–रुपन्देही सेवा समाज सिद्धार्थनगर समितिद्वारा भैरहवामा आयोजित कार्यक्रममा भेला भएका पर्वत मुलघर भएका स्थानीयले शुभकामना आदानप्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण शर्माले विजयादशमीलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरमाथि सुरको विजयको प्रतीकका रूपमा मनाउने गरिएको स्मरण गरे । उनले यो पर्व जीवन, संस्कार र संस्कृतिसँग गहिरो सम्बन्धित रहेको बताए।

पर्वतबाट रुपन्देहीमा बसोबास, अध्ययन तथा व्यवसाय गर्दै आएका पर्वतेलीहरूलाई एउटै सूत्रमा बाँध्ने समाजको योगदानलाई प्रशंसा गर्दै उनले भने, “हामी राजनीतिक भन्दा माथि उठेर सामाजिक कार्यमा समर्पित भई सुख–दुःखका साथी बन्नुपर्छ ।”

उनले यस किसिमका क्रियाकलापहरूले नयाँ पुस्तामा आफ्नो जन्मभूमि र संस्कृतिप्रति गर्व गर्ने प्रेरणा जगाउने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष लेखनाथ भट्टराईले पर्वत छाडेर रुपन्देही बसाइँ सरेको अनुभव बाँड्दै समाजका सबै सदस्यहरू एकताबद्ध भएर सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित सबै सदस्यहरूले आफ्ना परिचयसहित शुभकामना व्यक्त गरेका थिए । वक्ताहरूले विजयादशमीलाई केवल चाड नभई संस्कृति, परम्परा र ऐक्यबद्धताको प्रतीकका रूपमा व्याख्या गर्दै यसले परिवार, आफन्त र समाजबीचको सद्भाव, आत्मीयता र एकता अझ प्रगाढ बनाओस् भन्ने कामना गरे।

समाजका अध्यक्ष कुमार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव टेकराज शर्मा पौडेल, कोषाध्यक्ष सरदा रेग्मी, केन्द्रीय सल्लाहकार गोविन्दप्रसाद रेग्मी, लेखा समिति सदस्य, निवर्तमान अध्यक्ष यादवप्रसाद सापकोटा, तिलोत्तमा अध्यक्ष लोक भुसाल, ओमसतिया अध्यक्ष राजेन्द्रप्रसाद रेग्मी तथा विभिन्न शाखा अध्यक्षहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अध्यक्ष केसीले कार्यक्रममा उपस्थिति जनाएका सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : १५ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन