१२ असार २०८३, शुक्रबार | June 26, 2026

नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्दै



काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले आज कुमारीको आसन ग्रहण गर्दैछिन् । दिउँसो १२:०५ देखि १२:१६ बजेसम्मको शुभ साइतमा उनीलाई कुमारीघरमा विधिविधानपूर्वक आसन गराइने तयारी भएको छ ।

यससँगै पुराना कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ ।

काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई गुठी संस्थान, पञ्चांग निर्णायक समिति तथा सरोकार भएका पक्षसँगको परामर्शपछि नयाँ कुमारीका रूपमा चयन गरिएको हो ।

आसन ग्रहणपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा विशेष यात्रासहित लगिने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।

जीवित देवीका रूपमा पूजिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिने परम्परा छ । ऐतिहासिक विवरणअनुसार तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी प्रथा स्थापना गरेका थिए । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने प्रथा कायम छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ५४ बजे

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण