७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामाजिक सञ्जालको प्रयोगले मौसमी सूचना प्रवाह र प्राप्तिमा सहज



काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोड दिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्त गर्न सहज भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले ‘नेपाल वेदर फोरकाष्ट’ र बाढी पूर्वानुमान महाशाखाले ‘नेपाल बाढी सूचना’ नामको ‘फेसबुक पेज’ सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमित रूपमा मौसमी सूचना दिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो ।

मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरू दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आज आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ । सन्देशमा भनिएको छ, “कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सबैमा अनुरोध छ ।”

सञ्जालमा मनसुन सक्रिय भएका बेलामा या अन्य बेलामा मनसुनबारे प्राविधिक कुराका साथै कहाँ कहाँ पानी पर्छ भनेर शब्द तथा दृश्यमा विवरण राख्ने गरिएको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई निक्कै सजिलो भएको छ ।

बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिष्ट इञ्जिनियर जिङ्की भुसालले ‘नेपाल बाढी सूचना’मा पनि त्यसैगरी जानकारीमूलक दृश्य सामग्री राखिएको बताइन् । उक्त दृश्य सन्देशमा भनिएको छ, “पानी पर्न थालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउँला भन्ने चासो तपाईलाई पनि हुनसक्छ । यसका लागि तपाईं आफैँले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ ।” सामाजिक सञ्जालदेखि बाढीको अवस्थाबारे सबैले बुझ्ने गरी सूचना राखिएको उनले उल्लेख गरिन् ।

युट्युव, टिकटक र ट्विटरमा पनि यसैगरी सूचना राख्ने गरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । यसरी नियमित रूपमा सामाजिक सञ्जालबाट सूचना प्रवाह भइरहेको उनले जानकारी दिए । पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जाल निक्कै प्रभावकारी भएको विभागको निष्कर्ष छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सामाजिक सञ्जालको उपयोग गरिरहेको छ । विभागलगायत निकायले अन्य सन्देशमूलक सूचना शेयर गर्नुका साथै आफ्ना सूचना तथा जानकारीसमेत सम्प्रेषण गरिरहेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज