१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बडादशैँको मुख्य दिन आज विजयादशमी, टीकाको उत्तम साइत ११:५३ बजे



काठमाडौं । बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका-प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ भने देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा तय गरिएको छ । समितिले विजया दशमी आफैंमा शुभ दिन भएकाले सबैले साइत कुर्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ ।

आज टीका ग्रहण गर्दा व्यक्तिले पूर्वमुखी हुन शुभ मानिन्छ । घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी मान्यजनबाट टीका र जमरा लगाउने चलन रहिआएको छ ।

आजको दिन टीका नलगाउन सक्नेहरूले कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

विजयादशमीलाई असत्यमाथि सत्य र आसुरीशक्तिमाथि देवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने गरिएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : ०८ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक