१ चैत्र २०८२, आइतबार | March 15, 2026

टीका लगाउँदा कता फर्किने् ?



काठमाडौं । आज बडा दशैं । गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ ।

दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किर्नु पर्ने मान्यता रहँदै आएको छ ।

परम्परा अनुसार पूर्व–पश्चिम टीकाको साइत भएको जनाउँदै पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईले दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्ने बताए ।

कोही–कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गरेको बताउँदै भट्टराईले दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किंदा राम्रो हुने जनाए ।

कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन नभएकाले टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने उनले बताए ।

यस वर्षको देवी विसर्जनको साइत ९ बजेर २३ मिनेटमा र टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको समितिले जनाएको छ ।

तर काम विशेषले टाढा जानुपर्नेहरुले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने बताइन्छ । किनभने टीका–जमरा देवीदुर्गाको पूजाको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न साइत हेरिराख्नु पर्दैन ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : १९ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना